‘सिंघम ३ ’मा अजय देवगन हुने चान्स न्युन

बलिउड निर्माता रोहित शेट्टीले २०११ मा सिंघम नामको फिल्म बनाएका थिए । जुन फिल्म एकदमै हिट भयो। यहि नामले अभिनय अजय देवगनलाई दर्शकहरुले चिन्ने गरेका छन् । यहि पात्रका कारण अजय भन्दा पनि उनलाई फिल्मकै उपनामबाट चर्चामा रहेका छन्। ९ वर्ष अघि निर्माण भएको यस फिल्मले बक्स अफिसमा पनि सुपरहिट फिल्मको नाम दर्ता गराएको थियो ।

त्यहि फिल्मका कारण राम्रो आम्दानी बटुलेका रोहितले फिल्म ‘सिंघम रिर्टन्स’ नामबाट अर्को फिल्म बनाउने घोषणा गरे र बनाए पनि। त्यो फिल्म पनि हिट भएपछि फेरी रोहितले यसैको नामबाट ‘सिंघम ३’ निर्माण गर्ने सोच बनाएका छन्। पहिलो र दोस्रो फिल्म हिट भएपछि यसै नामबाट अर्को फिल्म बनाउने चर्चा बाहिर आएको छ ।

फिल्म नगरीमा रोहितले ‘सिंघम ३’ बनाउन लागेको चर्चा आएता पनि अभिनेता अजय देवगन हुने नहुने एकिन गरिएको छैन। फिल्म ‘सिंघम३’ को लागि रोहित दमदार स्क्रिप्टको खोजिमा रहेका छन्। राम्रो स्क्रिप्ट भेटेको खण्डमा उनी २०२१ छायांकनमा जाने सोच बनाएका छन्।