अभिनेत्री कृतिको हातमा बर्षै भरि फिल्म

फिल्म ‘बरेली कि बर्फी’, ‘लुका छिपी’ र ‘हाउसफूल ४’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी कृति सेननको व्यस्तता बढ्न थालेको छ। उनले अभिनय गरेका दर्जनौ फिल्मले बक्स अफिसमा राम्रै कमाई गरेका छन्।

भारतिय समाचार जि न्युजका अनुसार कृति अहिले ७ वटा फिल्ममा काम गर्ने तयारीमा रहेकी छन्। जसका लागि उनी स्क्रिप्ट पढिरहेकी छिन्। कुन कुन फिल्ममा अभिनय गर्न लागेकी हुन् भन्ने खुलाइएको भने छैन। उनले अभिनय गरेका फिल्म ‘पानीपत’ र ‘राब्ता’ले भने कमाई गर्न नसकेको फिल्म हो। उनका असफल ठहरिएको फिल्म यिनैले लिइने गरिएको छ।

यि बाहेक प्रदर्शनमा आएका फिल्मले निर्मातालाई डुवाएको छैन। जसका कारण पनि उनको हातमा एकपछि अर्को फिल्म आइरहेको छ । भारतिय मिडियाका अनुसार २०२१ मा कृतिका ५ फिल्म प्रदर्शनमा आउने चर्चा चल्न थालेको छ। मान्छे हिट नभएता पनि कृतिको फिल्मले भने राम्रै चर्चा पाएको छ।