खुल्ला त ठप्प रात्रिकालिन व्यवसाय ?

आठ महिना देखि बन्द रहेका रात्रिकालिन व्यवसाय खुलाउन सरकारले अनुमति दिएको छैन। सरकारले रात्रिकालिन व्यवसाय खुलाउन नदिएपछि सरोकार वालाहरु आन्दोलित बन्न थालेका छन्। दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेको छ।

कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ, गजलबार , डान्सबार तथा रात्रिकालिन व्यवसायमा परेको भन्दै रात्रिकालिन व्यवसाय समितिले गुनासो गर्दै संघर्षको कार्यक्रम अघि सारेको छ। हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दोहारीसाँझ तथा रात्रिकालिन व्यवसाय खुलाउन माघ गरेका छन्।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम क्षेत्रीले पनि दोहारी तथा रात्रिकालिन व्यवसाय खुलाउन सरकारले अनुमति दिनुपर्ने बताए। उनले रात्रिकालिन व्यवसाय धरासायि भएको भन्दै श्रष्टाहरु मारमा पर्दा सरकारले कुनै चासो नदिएको उनको आरोप थियो । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माले पनि समितिका मागमा आफ्नो समर्थन रहेको बताए।

नेपाल संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीले दोहारी तथा रात्रिकालिन व्यवसाय कलाकार सम्बन्धित व्यवसाय भएकोले सरकारले समितिले अघि सारेका माग पुरा गरिदिन सरकार समक्ष आग्रह गरेका छन्। अरु बेला दिन रात रात दिउँसो हुने ठमेल बजार सुनसान रहेको छ। दोहोरीसाँझ तथा डान्सबारहरु पनि सुनसान रहेका छन् । कतिपय यसका साहू पलायन भएको अवस्था रहेको छ।