शान्ती खोज्दै ऋचा


ऋचा शर्मा कोरोना संक्रमणबाट मुक्त भैसकेकी हुन् । उनले कोरोना जितेपछि मात्र जानकारी दिएकी पनि हुन् ।

ऋचा शर्माले सुरु गरेको चलचित्र टीभी एपले पनि खास काम गरेन । किन गरेन भन्दा, यो एपले दर्शक तानेको छैन । छ माया छपक्कै, छक्का पन्जा ३ फिल्म आएको बेलामा पनि दर्शक आएनन् । एपले पनि दर्शक नतान्दा समस्या हुने भयो है ।

ऋचा शर्मा शान्त मन नै ठूलो कुरा भन्छिन् । हुन पनि हो, मन शान्त भयो भने सबै कुरा शान्त । दिमाग त ठन्डा नै राख्नपर्छ ।

दिमागले अनावश्यक कुरा सोचेन पनि सकिएन । यसपछि त अघि बढ्न पनि सजिलो । अहिले ऋचा दिमागलाई शान्त बनाउन थेरापी गर्दैछिन् । फोटो हेर्दा पनि उनी कुन तरिकाले थेरापी गरिरहेकी छिन् भनेर थाहा हुने के ।

ऋचा कमेडी च्याम्पियनको निर्णायक हुन् । वैवाहिक जीवनमा बाँधिएपछि ऋचाको जीवनचर्या फेरिएको हो ।