आमिर खानकी छोरी इराको पुनः बस्यो माया, बुवाका फिटनेस प्रशिक्षकसँग प्रेममा !

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान बलिउडकी स्टारकिड हुन् जो सँधै चर्चाहरुमा रहन्छिन् । इरा बुबा आमिरभन्दा सोशल मीडियामा धेरै सक्रिय छिन् । उनले आफ्ना हरेक कुराहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै आइरहेकी छन्। पछिल्लो समय उनी आफ्नो प्रेमलाई लिएर खबरमा छिन्।

बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी इरा खान चर्चित स्टारकिटमध्ये एक हुन् । यद्यपि, इरा अहिले बलिउडमा प्रवेश गरिसकेकी छैनन् तर उनका थुप्रै फ्यान फलोविङ भने छन् । इराले आफ्ना पूर्व प्रेमी मिशाल कृपलानीसँगको लवी–डवी फोटो सेयर गरेर निकै चर्चा कमाउने गर्छिन् । तर डिसेम्बर २०१९ मा इरा र म्युजिक कम्पोजर मिशालको ब्रेकअप भयो । २३ वर्षकी इराले आफ्नो ब्रेकअपको विषयमा इन्स्टाग्राममा एउटा पोस्ट पनि सेयर गरेकी थिइन् ।

इरा मिशाल कृपलानीसँग दुई वर्षदेखि सम्बनधमा थिइन्। जब इराले आफ्नो ध्यान करिअरतर्फ केन्द्रित गर्न थालिन तब उनीहरुबीच सम्बन्धमा खटपट सुरु भयो र केही समय अगाडि दुवैले अलग हुने फैसला समेत गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार इरा खान आमिर खानको फिटनेश कोच नुपुर शिखरलाई डेट गर्दैछिन्। दुबै बितेको छ महिनादेखि सम्बन्धमा छन्। यति मात्र होइन, इराले नुपुरलाई आफ्नी आमा रीना दत्तासँग पनि परिचय गराएकी छिन्। भनिन्छ दुबै सम्बन्धमा गम्भीर छन्।

इरा फिटनेशतिर सक्रिय भएसँगै नुपुरसँग घनिष्ठता बढ्यो । नुपुरले आफ्नो इन्स्टाग्राममा इरासँगको तस्विर शेयर गरेका छन्।

इरा र नुपुर लकडाउनका बेला नजिकिएका हुन् र दुबैको सम्बन्ध निकै बलियोसँग अघि बढिरहेको देख्न सकिन्छ । केहि समय पहिले इरा र नुपुरले सोसल मिडियामा आफ्ना थुप्रै भिडियो सेयर गरेका छन् जसमा दुबै वर्कआउट गरिरहेको देख्न सकिन्छ ।

 

View this post on Instagram

 

A post shared by Ira Khan (@khan.ira)

स्रोतका अनुसार इरा र नुपुरले आमिर खानको फार्महाउस महाबलेश्वरमा आफ्नो बिदा बिताए । दुवैले आफ्ना साथीहरूसँग दिवाली मनाए। इराले उनकी आमा रीना दत्तालाई नूपुरसँग भेटाइन्। जस पछि दुबै यो सम्बन्ध को बारे मा एकदम गम्भीर छन्। त्यतिबेला उनीहरुले एक–साथ लामो समय बिताए ।

यस अघि इरा खानले मीशाल कृपलानीलाई दुई बर्षसम्म डेट गरेकी थिइन् । त्यस समयमा इरा प्रायः मिसलसँग आफ्ना तस्वीरहरू शेयर गर्थिन्। डिसेम्बर २०१९ मा उनीहरूको ब्रेकप भयो। अहिले इराले उनीहरूको सम्बन्धलाई धेरै निजी राखेकी छन्।

नुपुर शिखर सेलिब्रेटी फिटनेश कोच हुन्। हाल उनी आमिर खान, इरा खान र सुष्मिता सेनलाई प्रशिक्षण दिदैछन्।

इराको निर्देशन क्षेत्रमा रुचि राख्छिन्। यसका अलवा इराले केही समय अगाडि आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। उनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू लामाे समयदेखि डिप्रेसनमा रहेको बताएकी हुन्। उनले आफूले चार वर्षदेखि डाक्टरलाई देखाइरहेको र पछिल्लो समय राम्रो हुँदै गइरहेको बताएकी थिइन्।

 

View this post on Instagram

 

A post shared by Popeye ⚓ (@nupur_shikhare)