निर्माता नै फिल्मकर्मीको अन्नदाता भएको निर्मल शर्माको भनाई

नेपाली फिल्म क्षेत्रमा बुझेका निर्माताले लगानी गर्न समय कुर्छुन्। कुन समयमा कस्तो फिल्म दर्शकलाई दिदा हलमा चल्छ या नचले पनि लगानी उठाउँछु भन्ने हुन्छ। कोरोना महामारीमा फिल्म निर्माता गरिरहेका फिल्मकाक निर्मातालाई छानी छानी सम्मान गर्नुपर्ने निर्माता तथा कलाकार निर्मल शर्माको भनाई छ। यस्तो बेलामा जोखिम मोलेर फिल्ममा लगानी गर्ने निर्मातालाई छानी छानी सम्मान गर्न आग्रह गरेका हुन्।

उनले निर्माता विना कोही कलाकार पनि नचल्ने र कसैको पनि अन्तरवार्ता लिन कोही नआउने र निर्माताले फिल्ममा लगानी गरेको खण्डमा फिल्म हल देखि लिएर कलाकार लगायत सम्पुर्ण मान्छे बच्ने बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ निर्माता नै चाहिने रहेछ भन्ने कुरा प्रष्ट भयो अहीले ।

न कलाकार चलेका छन न हल चलेका छन,न अन्तर्वाताहरु चलेका छन,न रमझम पार्टी चलेको छ । सवै तिर सुनसान भएको छ, हाम्रो चुरीफुरी नै हराएको छ। त्यसैले अव कोरोना समाप्ति पछि समर्पित निर्माताहरु छानी–छानी सम्मान गरौँ । उहाँहरु पनी बचाउँ, फसाउँन सताउन बन्द गरौ । हाम्रो मुख्य अन्नदाता उनीहरुनै हुन है।