‘बसपार्कमा भुईमा बसेर खाना पर्खेको गरीव निमुखाको बारेमा कस्ले बोल्ने’ – रेखा

रत्नपार्कको नाम फेर्न हतारिएको काठमाडौ नगरपालिकाले त्यहि नजिक भात खान विहान देखि कुर्ने गरिव निमुखालाई नदेखेको आरोप लाग्दै आइरहेको छ। यसबारेमा अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमार्फत सरकारले गरिव निमुखको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन्।

उनले रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरीव निमुखाको बारेमा बोल्ने कोही नभएको लेखेकी छन्। रेखाले लेखेकी छन्,‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरीव निमुखा को बारेमा बोल्ने कस्ले हो ? कि राजनीति भनेको नामको खेल मात्रै हो?