फिल्मकर्मी उदय भन्छन –‘सरकारले दवाव र आन्दोलनको मात्रै भाषा बुझ्छ’

आठ महिना देखि फिल्म हल बन्द हुँदा पनि फिल्मकर्मी नबोलेको भन्दै चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिप कुमार उदयले सामाजिक सञ्जामार्फत आफ्नो भनाई राखेका छन्। अहिलेको सरकारले दवाव र आन्दोलनको भाषा मात्र बुझ्ने बताएका छन्। जसका लागि सरकारलाई फिल्म हल खौलनका लागि दबाब दिन नपुगेको बताएका छन्। दवाव दिनुको साटो फिल्मकर्मीहरुलाई ‘भलाद्मी’को संज्ञा दिएका छन्।

नाजुक अवस्थामा पनि फिल्म हल खुलाउनका लागि एकजुट हुन फिल्मकर्मीमाझ उनले पनि अपिल गरेका छन् । उदय लेखेका छन्,‘अब त आफ्नो अस्तित्वको लागि लडौ । वुझौं, चलचित्र विकास बोर्ड सरकारी निकाय हो । बोर्डले गम्भिरतापूर्वक चलचित्र क्षेत्र खोल्ने पक्षमा लागेपनि सरकारले महत्व नदिन सक्छ । अब, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था स्वयंम अग्रसर हुनुपर्छ र आफ्नो अस्तित्वका लागि लड्नपर्छ ।’
अहिले अन्यत्र देशका मान्छेहरु नेपाल ओहोरदोहोर गरिसकेको बताउँदै दशकै फिल्म हल बन्द गर्न गरिरहनुले केहि रहस्य रहेको उनको भनाई छ ।
उदय अगाडी लेख्छन्,‘अन्य मुलुकबाट भिजिट भिषामा विदेशी आउन पाउने र सम्पूर्ण अन्तरराष्ट्रिय उडान खोल्ने समेत निर्णय भैसक्यो । तर, संचार मन्त्रालयबाट खोल्न सिफारिश गैसक्दा पनि चलचित्र क्षेत्र खोल्न सरकार मौन छ र हामी चुप छौ । हामी भलाद्मी ।’