अमेरिकामा ब्वाइफ्रेण्डसँग वर्षाको घुमघाम

नेपाली फिल्म क्षेत्रमा प्रेम सम्बन्ध सार्वजनिक कमैले मात्र सार्वजनिक गर्छन्। प्रेम सम्बन्ध गोप्य राख्दा राख्दै पनि कहिलकाँही बाहिर कुरा निस्किहाल्छन् भने कतिले गोप्य नै राख्छन्। अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो २ वर्ष प्रेम सम्बन्ध गोप्य नै राखिन् । उनले बाहिर कतै नचुहाएको प्रेम सम्बन्ध अमेरिका पुगेपछि छताछुल्ल पारेकी छन्।

उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको गहिरो प्रेममा छिन् । हालै एक फिल्मका लागि भन्दै अमेरिका पुगेकी अभिनेत्री बर्षा प्रेमीसँग घुमिरहेकी छन्। उनले आज आफ्नो फेसबुकमा सविनसँग बाइकमा लामो यात्रा गरेपछि खिचेको एक तस्विर पोस्ट गरेकी छन्। उनले दुइजनाको तस्विर पोष्ट गर्दै क्याप्सन लेखेकी छन्, ‘केही समय बाधा नै बाधाको यो लामो सडकमा म एक्लै थिएँ । यो समयमा एकसाथ यात्रा गर्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउनु पर्छ । यसका लागि तयार हुनुहोस् ।’

https://www.facebook.com/barsha.siwakoti2/posts/10226365278977542