विजयबाबु स्मृति पत्रकारिता पुरस्कार गोकर्ण गौतमलाई

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले स्व. पत्रकार गौतमलाई दोस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कार यहि मंसिर २४ गते प्रदान गरिनेछ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।
मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको यही मंसिर ४ गते निधन भएको थियो।

३१ बर्षिय गौतमको मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रियाका क्रममा उनको निधन भएको थियो । पत्रकार गौतम ‘देशान्तर’ साप्ताहिकबाट पत्रकारिता सुरुवात गर्दै २०७० सालदेखि पाँच वर्ष कान्तिपुर पब्लिकेसन्स्को ‘नेपाल’ म्यागेजिनमा र हँुदै केहि वर्ष देखि यता कान्तिपुर दैनिकमा आबद्ध थिए ।