फिल्ममा प्रसस्तै पैसा गुमाए, मकै घरबाट उठाउछु

मकै ऐतिहासिक अमेरिकाली महाद्दिपमा विभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमा विकास भएको विश्वास गरिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, विभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरूले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् ।यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ ।

मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । तर आजकाल मकै सबैको लोकप्रिय हुन पुग्यो । मानिसको खानाको रूपमा र आफुले पालेको घरपालुवा जन्तुलाई खुवाउनलाई मिल्ने भएकाले पनि मकै सबको प्यारो बन्यो । काँचो मकै खान नमिल्ने हुन्छ र खाए पनि अपाच्य हुन्छ । विविध तरिकाले मकैलाई खान योग्य बनाउनु पर्ने हुन्छ ।

गाँउघरमा पहिले पहिले केटि विबाहको लागि केटी माग्न जादा सबभन्दा पहिले केटिको घरमा मकैको कतिकोठे थाग्रो छ भनेर सोध्ने गरिन्थ्यो । साथै कुनै पनि घरमा केटी माग्न जादा सबैभन्दा पहिले केटाको परिवारले मकैको थाग्रो हेर्ने गर्दथ्यो । गाँउघरमा १ कोठे देखि १० कोठेसम्मको थाग्रो लगाउने गर्दछन्। कुनै समय मानिसको सम्पन्नताको आधार पनि मकैको थाग्रो हेरेर मापन गरिन्थ्यो ।

‘मकै’ नाम जोडिएर थुप्रै प्रकारका व्यवसाय सञ्चालनमा छन्। मकै नै नाम जोडिएर अर्को व्यवसाय सञ्चालन गरेका थमनले यो चुनौती सामना गर्ने आँट लिएका छन्। यो आँटमा आड थप्न व्यवसायलाई मकैमा मात्र सीमित राखेका छैनन्।

वैदेशिक रोजगारीमा काम गदै ‘पण्डित बाजको लैरी’ पिल्म बनाएर प्रसस्तै पैसा गुमाएमा ‘मकै घर’ नामक रेष्टुरेण्ट व्यवसाय सुरू गरेका मकै घरका सञ्चालक तथा फिल्म निर्माता थमनकुमार भण्डारी सँग गरिएको कुराकानी

मकै नै किन रोजियो त, कोदो फापर पनि थिए ?

  • मेरो घर प्युठान हाम्रो खाना नै मकै रोटी र मकैको आँटो थियो प्रयाप्त सवारी साधनको सेवा सुविधा र खेती नै भएन र खाने कुरा नै मकै थियो त्यस समयमा आफु जन्मे हुर्के त्यही चिच काठमाडौंमा अरुले पनि खानु पर्छ भनेर नै नयाँ सैलिले सुरु गरेको हो ।

तपाईले पहिले नै व्यवसाय गरेको ठाँउमा किन गर्नु भएन ?

  • हाँडीगाँउ भन्दा अगाडी मैले न्युरोडमा चिया चाउचाउ बेच्नु पर्यो भनेर खोलियो, फिल्मको काम गर्दे थिर्यो बाहिर नास्ता, खाना खान दैनिक जस्सो बढी पैसा तिरनु पर्ने हुन्थो पछि हाम्रो फिल्म पण्डित बाजेको लैरी सोचे जस्तो भएन त्यस पछि हाँडीगाँउ मै फास्ट फुड पइन्ट सुरु गरेको हो ।

जब यहाँ गाँउकै सैलिमा परिकार बनाउन सुरु गरेका पुरा मान्छेहरुले मन पराउन थाले दैनिक मान्छेहरु आइराख्नु भयो खानेकुराको परिकार अत्याधिक रुचाइन थालियो त्यस पछि गाँउकै जस्तो घर बनाएर बानेश्वरको सुविधानगरमा मकै घर सुरुवात भयो ।

बोदिया भालेका बारेमा कसरी थाहाअ पाउनु भयो ? कतिको रुचाउँछन ग्राहकले ?

  • वि.सं २००६ साल तिर मेरो बाबा आर्मी रिटायर्ड हुनु भो दुर्गम ठाँउ प्युठान भन्दा सुगम ठाँउ भएकाले गर्दा उहाँले दाङको घोराही तिर जग्गा लिनु भो त्यस पछि घर बनाईयो तर म कहिले दाङ त कहिले प्युठान बस्ने क्रममा मेरो साथीले बोदिया भालेको परिकार खुवाउनु भयो त्यस पछि नै मलाई दाङको बोदिया र प्युठानको मकैको आँटो परिकार बनाउने सोच आयो र सुरु गरियो । ग्राहक हैन म पाहुना हो भन्छु किन भने मेरो जे सोच र सुरुवात छ सबै मैले गाँउमा देखे जानेकै रहेको छ । तपाँइहरु आउनु होस् परिकार खानु अनि यहाँ आउनु हुने पाहुनाहरुलाई मन परेको रछ रैनछ थाहाँ पाईहाल्नु हुन्छ ।

फिल्म लाई टेवा दिन व्यवसायी बन्नुभएको कि, अब फिल्म छडेर व्यवसाय तिरै ?

  • फिल्म मात्र गरेर काठमाडौ जस्तो सहरमा हुन नसकिने रहेछ । त्यसको लागी दैनिकी जसो व्यवसाय गर्न पर्यो, फिल्म पनि छोडिन्न र मकै घर पनि छोडिन्न मकै घरमा फिल्मकै कुरा भइरहेको छ । अहिले हामी फिल्मको तयारीमा पनि जोड दिईरहेका छौं तपाईले यो नसोच्नु कि व्यवसाय गरे पछि फिल्म न होला पिल्म गर्दा व्यबसाय न होला भनेर यति बुझ्नु फिल्म पनि बन्छ मकै घर पनि चल्छ ।

कट्टी रोल बाट मकै तिर, के ले आकर्षित गर्यो ?

  • आफ्नो ठाँउ प्रतिको माया

व्यवसायिक फिल्ममा हिरो नबने पनि, समाजिक फिल्ममा कथाले मागे हिरो बनिन्छ कि बनिदैन ?

  • अबस्य बनिन्छ…. म राजेस हमाललाई सानै देखी देख्दै आएको मैले फिल्म बनाउला भनेर सोचेको पनि थिएन । माथीबाटै दिएर पठाको हुन्छ । जुन चिच हुन्छ त्यो भएरै छाडछ् ।

यसो हेर्दा, फिल्म भन्दा व्यवसाय नै फापेको देखियो तपाइँलाई, फेरी पनि फिल्म बनाउने हुटहुटी बाँकी छ ?

  • न बनाई म बस्नै सक्दीन मेरो दैनिक फिल्मकै बारेमा चर्चा भइरहेको छ । छिटै नै म फिल्म बनाउछु पहिलाको जस्तो तरिकाले बनाउदिन पण्डित बाजेको लौरीले मलाई धेरै कुरा सिकाएको छ । अब बन्ने फिल्म अध्य्यन गरेर बानाइन्छ ।