राजेशले भिडियोमा पनि निर्देशक जन्माउने हो र अब ?


राजेश हमालले फिल्म धेरै खेले । किन खेले भनेर सोध्यो भने जवाफ के आउँछ । हमालले आफूले फिल्म खेल्नाले धेरैले निर्देशक बन्न पाएको बताएका छन् । हमालको कुरा हो कुरा ।

हमालले आफूले फिल्म नखेलेको भए त निर्देशक, प्राविधक भोकै बस्नपथ्र्यो पनि भनेका छन् क्यारे । फिल्म यही भएर धेरै खेलेकाले । तर, कम फिल्म छानेर खेलेको भए । फिल्म क्षेत्र कहाँ पुग्थ्यो भनेर सोच्न परेन त । कि पर्यो त ?

हमालले सोचेका छन् त यो बिषयमा । आफूले कम खेलेर उत्कृष्ट खेलिदिएको भए फिल्म हेर्ने दर्शकको संख्या प्रतिशतमा बढ्ने थियो होला क्यारे । किन नसोचेका होलान् भनेर भनौ ।

भिडियो यस्तै छ अहिले । के खेल्ने के नखेल्ने भन्ने त कुरै भएन । जे पनि खेल्ने जस्तो पनि खेल्ने । वर्षा सिवाकोटी विवादमा नआएकाले भिडियो खेलेको बताएका थिए । दुर्गेस थापासँग भिडियो खेले । टिकटक विवादमा परेको हो । किन खेले भिडियो, हमाललाई नै थाहा होला । कस्तो खेल्ने भन्ने पनि त होला । छैन हो छैन, जस्तो नी खेल्ने ।

फिल्म जस्तै भिडियोमा पनि उही डाइलग हो कि भनेर भनौ । किनकी, आफूले फिल्म नखेलेको भए निर्देशक नै जन्मने थिएनन्, प्राविधिक वेरोजगार हुने थिए भनेर भने हमालले । भिडियोमा पनि यही हो कि ।

भिडियो पनि खेलेर नयाँ नयाँ निर्देशक, गायक गायिका, मोडल जन्माउने हो कि राजेश हमालले । उनले जस्तो पनि नखेलिदिए त कहाँ जन्मन्छन् र फेरि ।

हमालको गीतको भ्यूज अहिलेका आएका टिकटकका कलाकारको भन्दा पनि कम छ । तर, पनि भिडियो खेलेकै छन् । को विवादित, को गायक, केही हेर्नु परेको छैन हमाललाई । राजेश हमाल महानायक हुन् । मोडल किन बन्न थालेका हुन् ।

खेलौ खेलौ खेल्न पर्छ । तर, कमसेकम महानायकले खेलेको भिडियो भने गर्व गर्ने ठाउँ त हुन पर्यो नी । कि फिल्म जस्तै भिडियो पनि आँखा चिम्लिएर खेल्दिने हो । खै हजुर वुझ्न गाह्रो भो ।