सनी र रचनाले गाए ‘कम्मरैमा खुर्पेटो’

सनी विश्वकर्मा र रचना रिमालले नयाँ गीतसार्वजनिक गरेका छन्। नेपालको पहिलो लोक स्टार सनी विश्वकर्मा र नेपाल आइडल फेम्ड रचना रिमालको स्वरमा ‘कम्मरैमा खुर्पेटो’ बोलको गीत सार्वजकि गरेका हुन्।

गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत रहेको छ। गीतमा माया प्रेमका कुराहरुलाई नै समावेश गरिएको छ। गीतको भिडियोलाई मिराज अर्याल र ताराकान्त बि.कले छायाँकन गरेका छन् भने भिडियोलाई ताराकान्तले सम्पादन गरेका हुन् ।