पलले ‘रेड वाइन’छोडेपछि पुष्पको इन्ट्रि

फिल्म ‘रेड वाइन’बाट अभिनेता पल शाहले हात झिकेका छन्। नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको फिल्म ‘रेड वाइन’ पल शाह बाहिरिएका छन् । उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको छ । विभिन्न कारण देखाउदै पल बाहिरिएका हुन्। उनको ठाउमा पुष्पलाई तीन दिन अगाडि कागजी सम्झौता गर्दै भित्राइएको छ ।

अमेरिकामा बस्दै आएका रमेश एमके पौडेलले निर्देशन गर्ने फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहसँग अभिनेत्रीकी रुपमा रहेकी छन्।
फिल्म ‘रेड वाइन’ मा पुष्पले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । फिल्ममा पुष्प र साम्राज्ञी दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यो भन्दा अघि यि दुइले फिल्म ‘मारुनी’ मा एकसाथ काम गरेका थिए । अमेरिकामा ८० प्रतिशत छायांकन बाँकी नेपालमा गर्ने निर्माण टिमले जानकारी दिएको छ। फिल्ममा अव पुष्प ,साम्राज्ञीका अलवा सन्दिप क्षेत्रीको मुख्य भूमिका रहनेछ ।

फिल्ममा व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्मातामा निरू भण्डारी रहने छिन् । आर्यन फिल्मस् प्रोडक्शन र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् ।