भुकम्पको झल्को दिने श्रेष्ठको ४२५ नामक पुस्तक सार्वजनिक गरिने

चर्चित फोटो पत्रकार कुमार श्रेष्ठले ४२५ नामक तस्विरमात्रै भएको पुस्तक सार्वजनिक गर्ने भएका छन्। उनले अप्रिल २५ ,२०१५ का दिन नेपालमा गएको महाभूकम्प समयमा खिचेका तस्विर सहितको पुस्तक सार्वजनिक गर्न लागेका हुन्। उक्त पुस्तकमा ४ सय २५ वटा फोटोहरु समावेश गरिएको छ। जसका कारण पुस्तको नाम नै ४२५ राखिएको पत्रकार श्रेष्ठले जानकारी दिए।

गएकै महिनामा पुस्तक सार्वजनिक गरिने भनेता पनि सार्वजनिक हुन सकेको थिएन। कोरोना महामारीबीच पुस्तक सार्वजनिक गर्न कठिनाई भएको श्रेष्ठको भनाई छ । अब उक्त पुस्तकको बिमोचन परोक्ष(जुम)मार्फत गरिने छ । पुस्तक बारेमा अमेरिकाका लागि राजदुत डाक्टर अर्जुन कुमार कार्की तथा नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसीले पनि केही आफ्ना धारणा उक्त पुस्तकमा लेखेका छन्।

फोटोपत्रकार श्रेष्ठले उक्त पुस्तकबाट आएको रकमबाट समाजसेवा अन्तर्गत पूर्व अमेरिकन राजदुत स्कट डेलेसीको गैर मुनाफा संस्था सोरवे फाउडेसन लगायतलाई सहयोग हुने बताएका छन्। श्रेष्ठले पुस्तकमा भूकम्प हुनासाथ देखि भूकम्प गएपछि सम्म संकलन गरिएका तस्बिरहरु राखेका छन् । पुस्तकमा राखिएका तस्बिरहरुले पीडा,कष्ट,जीवन र सम्पत्ति गुमाएको चित्रण गर्दछ ।