‘लाहुरे हरायो ’ भन्दै आए प्रशान्त र एलिना

पछिल्लो समय चर्चामा रहेकी एलिना चौहान र प्रशान्त पौडेल लाहुेर हरायो भन्दै सार्वजनिक भएका छन्। दुवैको स्वर सजिएको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएका हुन्। एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।

अनिल कुमार मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा एलिना र प्रशान्त आफैले अभिनय गरेका छन्। त्यस्तै, भिडियोलाई श्याम कुँवरको सम्पादन ,आशिस भाइको छायाँकन र तुल्सी फिल्मस्ले भिडियो निर्माण गरेको छ।