पाटीघट्मा यसरी लुकी लुकी माया साटे दयाहाङ र लक्ष्मीले

- मेराेफिल्म

गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । परानैदिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।

पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ । गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको  प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको  छ ।
काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोको  छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । मिक्सिगं तथा मास्टरिगं प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=LrFyui_uTUw
२०७७ मंसिर १५ गते १९:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *