देओल परिवार फेरि ठूलो पर्दामा देखा पर्ने, धर्मेन्द्रले गरे ‘अपने-२’ सीक्वलको घोषणा

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रले २००७ मा रिलीज भएको उनको फिल्म ‘अपने-२’ को सिक्वेल घोषणा गरेका छन्। यसको साथसाथै उनले अपने को गीतको क्लिप पनि सेयर गरेका छन्। प्रशंसकहरुले यस बारे मा धेरै उत्साहित जनाएका छन्।

देओल परिवारले पारिवारिक नाटक (ड्रामा) मा फिल्म ‘अपने’को सीक्वल बनाउने निर्णय गरेका हुन्। अभिनेता धर्मेन्द्रले ट्वीटको माध्यमबाट यो जानकारी दिए छन्।

धर्मेन्द्रले ट्वीट गरेर सबै शुभचिन्तकहरुको आशिष्का साथ ”अपने’-२’ दर्शकश्रोताको लागि लिएर आउँदैछ। तपाईहरुको शुभ आशिर्वाद र शुभकामनाको साथ हामीले हाम्रो ‘अपने-२’ बनाउने निर्णय गरेका हौ ।

धर्मेन्द्रले यस ट्वीटको साथ एक क्लिप पनि सेयर गरेका छन्। यो क्लिप अपने फिल्म गीतको हो। फिल्म आपने २००७ मा रिलिज गरिएको थियो। फिल्ममा धर्मेन्द्र र उनका छोरा सनी देओल र बबी देओल मुख्य भूमिकामा थिए। यस बाहेक शिल्पा शेट्टी, क्याटरीना कैफ र किरण खेर लगाएतरहेका थिए। फिल्म र यसका गीतहरू सुपर हिट भएका थिए।