‘पठान’ को छायांकन सुरु, शाहरुख खान स्टुडियो बाहिर देखा परे

- मेराेफिल्म

बलिउडका अभिनेता किंग खान शाहरुख चाँडै नै ‘पठान’ बनेर ठूलो पर्दामा आँउदै छन् । यसका लागि शाहरुखले छायांकन सुरु गरिसकेका छन् ।

सोमबार शाहरुख एक निर्माण कम्पनीको स्टुडियो बाहिर लामो कपालका साथ क्यामेरामा कैद भए । उनको यो लुक एक्सन प्याक्ट फिल्म ‘पठान’का लागि हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहने ‘पठान’ २०२१ मा रिलिज गर्ने तयारी रहेको छ । यस फिल्म मार्फत पुनः एकपटक शाहरुख र दीपिकाको जोडी देखिने भएको छ ।

नवभारत टाइम्समा छापिएको समाचार अनुसार फिल्ममा ‘टाइगर फ्रेन्चाइज’ का जोया र टाइगर (कट्रिना र सलमान) पनि केमियो भूमिकामा देखिँदै छन् । भने अभिनेता जोन अब्रहाम भिलेनको भूमिका निभाउँदै छन् ।

कोरोना महामारीलाई मध्येनजर गर्दै चलचित्रको छायांकन भारतमा मात्रै सिमित रहने छ । छायांकनका लागि विशेष स्टुडियोको निर्माण गरिएको छ ।

२०७७ मंसिर १६ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *