सञ्जीव सिंहले सार्वजनिक गरे ‘तारेमाम’

- मेराेफिल्म

गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए । उनै गायकले २ बर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द छ ।

स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश थापाको छायांकन, विकास धमलाको सम्पादन छ । यो गीतमा गायक सिंहले काठमाण्डौको एक रैथाने यूवकको कथा बोलेका छन् ।

भिडियोमा निर्देशक खड्काले काठमाण्डौको रहनसहन, भेषभुषा र संकृतीलाई प्रस्तुत गरेका छन् ।

२०७७ मंसिर १६ गते १७:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *