आदित्य नारायण १० वर्षको प्रेमपछि विवाह बन्धनमा बाँधिए (तस्बिर सहित)

प्रसिद्ध गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले प्रेमिकासँग मंगलबार लगनगाँठो कसेका छन्। १० वर्षदेखिकी प्रेमीका स्वेता अग्रवालसँग झाले विवाह गरेका हुन्।

मुम्बईको इस्कन मन्दिरमा यी दुईको विवाह भएको हो। विवाहमा आदित्य नारायण र उदित खुसीले नाँचेको तस्बिरहरु सार्वजनिक भएका छन्।
कोरोना भाइरस महामारीको कारणले यो विवाहमा धेरै मानिसहरु उपस्थित हुन पाएनन्। कोभिडको कारणले परिवारका केही निकट सदस्य बाहेक धेरै जना विवाहमा उपस्थित हुन नपाएको उल्लेख गरेका थिए।