किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’


किरण भुजेलको प्रस्तुतिमा नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’को म्यूजिक भिडियो रिलिज भएको छ । यो गीतमा किरण भुजेल र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतमासुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् । उनले निर्देशन गरेको ‘नबोली नबोली’ बोलको गीतको भिडियोले १ करोड बढी भ्यूज पाइसकेको छ ।

भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ । किरण र भुजेलले फरक शैलीको गीत तयार पारेका छन् । स्कुले जीवनमा हुने प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ ।