रेश्माले गरिन् इन्गेजमेन्ट,विवाहको टुङ्गो छैन

मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । उनले, विराटनगरमा रहेको एक होटलमा अमेरिकामा पढ्दै आएका प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी हुन् ।विवाहको मितितय भएको छैन। प्रभात अमेरिकामा चिकित्सा विज्ञान अध्ययनरत विद्याथी हुन्।

उनी इन्गेजमेन्ट र आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएको बेला इन्गेजमेन्ट गरिएको रेश्माको भनाई छ। २ बर्ष अगाडि चिनजान भएका रेश्मा र प्रभात कुरा गर्दै जाँदा नजिक थिए। परिवारसँगको सल्लाहमै उनीहरुको बिहेका लागि तयार भएको हो।