रोजको आफ्नै मात्र तयारी


रोज राणाको फिल्म खेल्न पाए कसले खेल्थेन होला भनेर भनौ त एकपटक । रोजको फिल्ममा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीले पनि खेले । तीन हिरोलाई एउटै फिल्म खेलाउने निर्माता हुन् रोज ।

रोज खलनायक २ बनाउने तयारीमा लागे । भदौमै खिच्छु फिल्म भनेका हुन् । खिचेका छैनन् अझै । माघबाट खिच्ने रे । फिल्ममा भिलेन उनी आफै । अब सकिएन त । तयारी छ उनको । ज्यान बनाउन लागेका छन् । हिरो र हिरोइन नो फिक्स ।

अफर गर्ने सोच मात्र आएको छ भनेर भने उनले । को भन्दा पल शाह र पुष्प खड्कालाई । सोचेका छन् उनले । तयारी आफ्नो मात्र गरेका छन् । अभिनेत्री को हो थाहा भएन अझै ।

अरु कलाकार पनि फाइनल गरौ न । तयारी आफ्नो मात्र गरेर होला । कलाकार लिएपछि उनीहरुको पनि तयारी गर्नुपर्ने होला त रोजले ।