‘हरितारा चलचित्र पुरस्कार’ कृष्ण मल्ल, मदनदास र सहदेवलाई दिने घोषणा

‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले २०७५ सालको पुरस्कार अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो। हरितारा चलचित्र पुरस्कार २०७६ सालबाट गीतकार सहदेव ढुंगानालाई प्रदान गरिने विज्ञप्तीमा भनिएको छ।
नेपाली फिल्म क्षेत्रको सुरुवात देखि नै फिल्म क्षेत्रलाई उत्थान तथा संरक्षणमा योगदान पु¥याए बापत कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको छ। नेपाली कला संस्कृतिको उत्थानमा योगदान पु¥याएको भन्दै गीतकार सहदेव ढुंगानालाई २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गर्न लागिएको जारी विज्ञप्तीमा भनिएको छ।

‘हरितारा चलचित्र पुरस्कार’ को राशी जनही २५ हजार रहेको छ । परिवर्तन नेपालले पनि वि.सं २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजार रहेको छ। हालै बसेको परिवर्तन नेपालको बैठकले ‘परिवर्तन सम्मान –२०७६’ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक विश्वदीप घिमिरे र संचारकर्मी माधवराज खरेललाई सम्मान गरिने बैठकको निर्णय छ।