टेलिफिल्म ‘खै के खै के’मा बोकेदारी

हास्य टेलिफिल्मको भीडमा ‘खै के खै के’ प्रसारण हुन थालेको छ। हरेक शुक्रबार बेलुका ७ बजे यु–ट्युव च्यानल प्रसारण हुदै आएको छ। टेलिफिल्मलाई कृष्ण अनमोलले लेखन तथा निर्देशन गर्दै आएका छन् भने श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’, विमला चिमरिया,ज्ञानेन्द्र कोइराला, विपिन प्रसाई,सिर्जना मैनाली,उमेश पौडेल,लक्ष्मी मिश्र, प्रिती पराजुली ,अस्मिता ओली,प्रकृति कडरिया,रमेश भट्टराई , डम्बर थापा,भुपाल परियार,मधु न्यौपाने,प्रिया दास,हेम बस्नेत लगायतको अभिनय रहेको छ। ज्ञानेन्द्र कोइरालाको छायांकन तथा सम्पादन रहेको टेलिफिल्मलाई जे.के. जगत र सरु जे.के.ले निर्माण गरेका हुन।