युटुवमा पनि दर्शकले मन पराए अनमोल अभिनित ‘क्याप्टेन’

अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’युट्युबमा सार्वजनिक गरिएको छ । दीवाकर भट्टराईले निर्देशित क्याप्टेन हिजो ओएस आरबाट अपलोड गरिएको हो। फिल्मलाई दर्शकले मन पराइदिएका छन् । धेरै जसको कमेन्टवालाहरुले फिल्म राम्रो बनेको बताएका छन्।
अहिले फिल्म युटुवको ट्रेण्डिङ १२ मा पुगेको छ भने उकालो चढ्नेक्रम जारी रहेको छ।

फिल्मलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माताका रुपमा जिया केसी रहेकी छन् । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।