फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी

नौ महिनादेखि बन्द रहेको नेपाली फिल्म अझै खुलिहाल्ने छाँटकाट छैन। सरकारले अझैँ १५ दिन फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न आग्रह गरिसकेको छ।  गत बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यवसाय तथा भीडभाड हुने व्यवसाय पुसको पहिलो सातादेखि केहि लचिलो हुन सक्ने बताएका छन्।

सरकारले अझैँ फिल्म हल नखोल्न आग्रह गरेपछि फिल्मकर्मी तथा निर्माता सरकारसामु रुष्ट बनेका छन्। नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले पनि फिल्म हल नखुल्दा आन्दोलनमा उत्रिने बताए। शर्माले अब फिल्म हलको चाबी चलचित्र विकास बोर्डलाई बुझाउने बताएका छन्। शर्माले भनेका छन् – ‘हाम्रो सरकारी निकाय भनेको नै चलचित्र विकास बोर्ड हो । त्यसैले अब हामी हलको चावी चलचित्र विकास बोर्डलाई बुझाउँदै धर्ना बस्नेछौं ।’ उनले आफ्नो भनाई सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

फिल्मकर्मी प्रदीपकुमार उदयले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई दबाब दिनका लागि आन्दोलन नै गर्नुपर्ने बताएका छन्। पहिले देखि नै भन्दै आएको सरकार कि दबाबको कुरा सुन्छ कि आन्दोलनको नत्र काम छैन। उनले लेखेका छन् –‘अब आन्दोलनको विकल्प छैन । मैले त धेरै अगाडि देखि भन्दै आईरहेको हो यो सरकरा दबाब र आन्दोलनको भाषा मात्र बुझ्छ । अबको बिकल्प कि आन्दोलनको तयारी गर कि त पेशा, व्यवसायबाट विस्थापित हौ।’