प्रेमकथा बुनिएको ‘बैशालु जोबनमा’ कमल र समिक्षा

गायिका डा.रानी शाक्यको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको आवाजमा रहेको ‘बैशालु जोवन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

गीतमा समीर राईको शब्द र बिक्रम थापाको संगीत रहेको छ। त्यस्तै गीतको भिडियोमा कमल सिंह र समीक्षा पोखरेलले अभिनय गरेका छन्।
प्रेमकथा बुनिएको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् भने बुद्ध थापाको छायाँकन, सुशील पौडेलको सम्पादन रहेको छ ।