सजलको ‘जुहारी’ मा प्रकाश र आँचलको रोमान्स

गायक सजल न्यौपानेको नयाँ ‘जुहारी’ गीतको म्युजिक भिडियो भएको छ । जुहारी बोलको गीतमा सजल र सम्झना पाण्डेको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द र संगीत पनि गायक न्यौपानेकै रहेको छ भने भिडियोमा प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय देख्न सकिन्छ। अनुप चापागाईँले निर्देशन गरेको भिडियोमा सुबोल थापाले कोरीयोग्राफी र विकास दाहालले सम्पादनको काम समालेका छन् ।