‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल वर्ल्डको आज फाइनल भएको छ। फाइनलमा नम्रता श्रेष्ठ ‘मिस नेपाल वल्र्ड २०२०’ बन्न सफल भएकी छन्। २० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नम्रता श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड  २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

प्रतियोगितामा ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले जितिन भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिइन् । ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठको पोल्टामा पर्न सफल भयो ।

यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।