‘डान्स मास्टर लिल चाम्स’ रियालिटी शो हुने

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ पनि सुरु हुने भएको छ । राजधानीमा एक पत्रकार सम्मेलन गर्दै ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको बताइएको हो। शोलाई कमेडी च्याम्पियनका विशाल भण्डारीले निर्देशन गर्नेछन् ।

रियालिटी शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंह निर्माताको रुपमा रहेका छन् । इस रियालिटी शोमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र भाग लिन पाउने छन्। सुपर जजका रुपमा अभिनेत्री सारंगा श्रेष्ठ रहने आयोजनले जनाएको छ ।

जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’ की विजेता तेरियमा मगर, डान्स प्लस सिज २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन छन्। कार्यक्रमलाई रीमा विश्वकर्मा र सुमन कोइरालाले होस्ट गर्ने भनिएको छ।

‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएपछि सुरु निर्देशक भण्डारीले जानकारी दिएका छन् । यस रियालिटी शोका विजेताले २५ लाख नगद पुरस्कार हात पाउँने पनि निर्माण पक्षले जनाएको छ। दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार प्राप्त गर्र्नेछन् ।