नायक बन्दै मोडल निराजन

सन् १९८६ मा तनहुँको भिमादमा जन्मिएका चर्चित मोडल तथा अभिनेता निराजन प्रधान लामो समयदेखि म्युजिक भिडियो तथा बिज्ञापनहरुमा देखिदै आएका छन् । निराजनले सयौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने विभिन्न चलचित्रमा अतिथि भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।

एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय निराजन, म्युजिक भिडियो पारखीकालागि नयाँ नाम भने पक्कै होइन । म्युजिक भिडियोमा अत्याधिक व्यस्त मोडलको परिचय बनाएका प्रधानले आफ्नो करिअरको ८ वर्षमा एक हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

दर्शकहरुबाट धेरै रुचाइएका कारण उनले एकमाथि अर्को अवसर पाउँदै आएका छन् । हरेक अवसरलाई उनले अनुभव हासिल गर्दै निखारिएको अभिनय प्रस्तुत गर्ने दरिलो मंचको रूपमा लिएको स्पष्ट देख्न सकिन्छ । उनले अहिले सम्म लोकप्रिय निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री र मोडलहरु संग काम गरिसकेका छन् ।

आज हामीले उनै निराजन सँग केहि संवाद गरेका छौ

तपाईको अभिनय यात्रा कहिले बाट सुरु भयो, त्यो समय लाई कसरी सम्झनु भएको छ ?

मेरो यात्रा चलचित्र विकास वोर्डले सुर्खेतमा आयोजना गरेको “चलचित्र महोत्सव २०१२“ बाट शुरु भएको हो । त्यो समय मेरो साथी कलाकार रोहित रुम्बाको कारणले म रिहर्शल हेर्न पुगेको थिए । त्यहाँ मैले पनि अभिनय गर्ने मौका पाँए । त्यही नै मेरो लागी पहिलो खुडकिलो बन्यो । यसको श्रेय साथी रोहित र गोविन्द राईलाई जान्छ ।

पाँच सय भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेपछी फिल्ममा जाने इछा भएन ? फिल्ममा त्यति अभिनय गरेको देखिदैन नि ?

मलाई जहाँ सम्म लाग्छ हरेक कुराको समय हुन्छ । आजसम्म मैले धेरै म्युजिक भिडियोका साथ(साथै विज्ञापन पनि गरेँ । धेरै नै काम सिक्न पाँए र अझै पनि सिक्दैछु ।

फिल्म भनेको सानो कुरा हैन, म्युजिक भिडियोबाट जुन माया र साथ मेरा दर्शक श्रोताहरुबाट पाएको थिए हतार मा फिल्म गरेर त्यो माया र साथ गुमाउने पो हो कि भनेर डर पनि लाग्थयो । मलाई मेरा दर्शकहरुले फिल्ममा हेर्न पनि रुचाउनु भएको छ । त्यसको लागी म मेरा दर्शकहरुलाई हृदय देखीनै धन्यवाद दिन चाहन्छु । मलाई फिल्मको अफर पनि न आएको हैन, तर केही कारणले गर्दा मैले गर्न सकिन, कुनैमा कथाबस्तु चित्त बुझेन होला ।

कस्तो कथाबस्तु भएको फिल्ममा अभिनय खोज्नुभएको हो त ?

मलाई मन पर्ने प्रेम कथानै हुन, तपाँईले अब बुझिहाल्नु भयो होला मेरो रोजाई ।

म्युजिक भिडियो र फिल्ममा के फरक देख्नुहुन्छ ?

दुबै कला प्रस्तुतिका माध्यम हुन्। विश्वव्यापी बजार हेर्ने हो भने म्युजिक भिडियो भन्दा सिनेमाका संगीत अधिक रुचाइन्छ । राम्रो अडियो र कुनै पनि कलाकारको राम्रो प्रदर्शन कहिले पनि मर्दैन । सिनेमाको इतिहास हेर्नुहोस । छिमेकी राष्ट्रकै सिनेमा इतिहास लिन सकिन्छ । दृश्य भन्दा पहिले श्रव्य वा संगीत आउँछ, यो सत्य हो ।

चलचित्रमा दर्शकहरू कथा, अभिनेताको प्रदर्शन र निर्देशकको कारण सिनेमा हेर्न जान्छन्। म्यूजिक भिडियोको गीत हिट हुँदा अडियो सुनेर बस्न सकिन्छ, वीडियो चाहिन्छ भन्ने हुँदैन । तर फिल्ममा श्रव्य भन्दा दृश्य प्रधान हुन्छ ।

नौ कक्षा देखी नै जिम गरेको भन्न सुनिन्छ, के कुराले गर्दा ध्यान फिटनेस् तिर गयो नि ?

म नौ कक्षामा हुँदा नै मैले जिम (फिटनेस) गर्न सुरु गरेको हो । हाम्रो बस्तीरटोलमा बस्ने दाईहरु खुब जिम गर्नुहुन्थ्यो । उहाँहरुको शरीर देखेर मलाई पनि जिम गरौँ भन्ने लागेर शुरु गरेको हो ।

अहिले जिम जाने मानिस कि ज्यान बढाउन जान्छ कि घटाउन जान्छ । तर, मेरो शरीर शुरुदेखि नै राम्रै आकारमा रहेकाले ज्यान घटाउने बढाउने दुवै कुरामा मेरो ध्यान गएनन्। खाली शरीर तन्दुरुस्त राख्न पर्छ भन्ने थियो, त्यो अहिले पनि यथावत छ ।

तपाईका दर्शकले अब मुख्य भूमिकामा कुनै फिल्म देख्न पाउछन् कि अझै समय परखिन पर्ने छ ?

अब चाँही मेरा दर्शक तथा श्रोताहरुले धेरै समय पर्खनु पर्दैन, चाडै नै मलाई चलचित्रमा देख्न पाउनु हुन्छ ।

अन्तयमा तपाईले अभिनय गरेका मध्य उत्कृष्ट पाँच म्युजिक भिडियो छान्नु पर्दा कुन कुन म्युजिक भिडियो छान्नुहुन्छ ?

आफुले गरेका सबै कार्यहरु राम्रा लाग्छन् । तै पनि सबै मध्य छान्नुपर्दा गायक प्रकाश तिमिलसिनाको ‘खाली’, गायक सिव परियारको ‘न भेटी न भेटी’, त्यस्तै गायक राकेश गरुङ्ग(केइज)को ‘फेरी भेट न होला’ र गायक ज्ञान सुब्बाको ‘तिम्रो प्रतिक्षा’ र अन्तमा ‘ओ प्यारी’ सुरज थापाको छान्छु । मलाई मन परेका मध्यकाले मलाई निराजन भनेर पनि चिनाउने माध्यमको काम गरेका छन् ।