बहुप्रतिक्षित हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ बिहीबारदेखि सुरु हुँदै

बहुप्रतिक्षित टीभी सिरिज हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ ।

प्रत्येक बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको ‘डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनि’ को मार्केटिङ्ग राइट्स होल्डर एडप्याड प्रा.लि र डाबर नेपालबीच बुधबार उक्त सम्झौता भएको हो ।

सम्झौता सक्किगोनिको टाइटल स्पोन्सरका रुपमा डाबर रेड पेष्ट एक वर्षका लागि अनुबन्ध भएको छ ।

सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवर्द्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन् ।

‘सक्किगोनि जस्तो चर्चित टेलिभिजन कार्यक्रमसँग जोडिन पाउँदा हामी हर्षित छौं,’ डाबर नेपालका हेड अफ मार्केटिङ अभय गोर्खालीले भने, ‘नेपाली कलाकारिता क्षेत्रसँग जोडिएर यसको प्रवर्द्धनमा टेवा पुर्याउन पाउँदा हामीलाई गर्व लागेको छ ।’

सक्किगोनिका मार्केटिङ पार्टनर एड प्याड प्रा.लिका अध्यक्ष सुदीप थापाले नेपालको सर्वाधिक विक्रि हुने डाबर रेड पेष्टलाई सक्किगोनिको हिस्सा बनाउन पाउँदा उत्साहित भएको बताए ।

डाबर रेड पेष्टको यो लगानीले सक्किगोनिको उत्पादन गुणस्तर र लोकप्रीयता थप उचाइमा पुर्याउने निश्चित गरेको थापाले बताए ।

यही बिहीबार ८ बजेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण आरम्भ हुन लागेको सक्किगोनि नेपालको नम्बर एक हाँस्य श्रृङ्खला हो । कार्यक्रमको पावर बाई प्रायोजकमा सगरमाथा सिमेन्ट र दिब्या तेल अनुबन्ध भएका छन् भने एसोसियट प्रायोजकमा जोय पपया र नोकिया मोबाइल रहेका छन् ।