अभिनेत्री कृति सेनन पनि कोरोना संक्रमित

अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण भएको छ । उनी आफैले आफैले कोरोना संक्रमण भएको कुरा इस्टाग्राम मार्फत जानकारी गराएकी हुन्। उनले इन्स्टामा लेखेकी छिन् ‘म तपाईहरु सबैलाई बताउन चाहन्छु । म कोरोना संक्रमित भएकी छु । तर, आतिनु पर्ने कुरो केही छैन । किन भने म एकदमै ठिक छु । मैले डक्टर तथा बीएमसीको सल्लाहमा आफुलाई क्वारेन्टाइमा राखेको छु ।’

उनले आफु छिटै कोरोना संक्रमणलाई परास्त गर्ने बताएकी छन्। ख्यालख्यालमै कोरोना संक्रमण भएको र अरुलाईलाई कोरोनाबाट संचेत रहन आग्रह गरेकी छन्। उनले छिट्टै ठिक भएर काममा फर्किने पनि लेखेकी छन्। उनले थप लेखेकी,‘तपाईहरु पनि सुरक्षित रहनुस् । किनभने कोरोना अहिलेसम्म गएको छैन ।’ अर्जुन कपुर र संजय दत्तको साथ फिल्म ‘पानीपत’मा अभिनय गरेकी उनको आउँन लागेको फिल्म ‘मिमी’, ‘बच्चन पाण्डे’ र ‘आदिपुरुष’ हुन् ।