अल्लु अर्जुनको फिल्म ‘पुष्पा’को सुटिङ रोकियो

नोभेम्बर १६ देखि विशाखापटनमा सुरू भएको अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा’को सुटिङ पुनः रोकिएको छ।

सुटिङ युनिटका ६ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएपछि सुटिङ स्थगित भएको हो।

रक्तचन्दन तस्करीमा आधारित एक्सन थ्रिलर सिनेमा सुकुमारको निर्देशनमा बनिरहेको छ।

सुटिङ युनिटका सदस्यमा कोरोना पुष्टि भएपछि निर्देशक सुकुमार, अभिनेता अल्लु अर्जुन र सिनेम्याटोग्राफर पनि स्वास्थ्य सावधानी अपनाउँदै ‘सेल्फ आइसोलेसनमा बसेका छन्।

उनीहरू तीनै जनाको परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ। स्थगित भएको सुटिङ अब अर्को वर्षमात्र सुरू हुने समाचार हिन्दूस्तान टाइम्सले प्रकाशित गरेको छ।

फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मनदाना र विजय सेतुपतीको प्रमुख भूमिका रहेको छ।

हालैमात्र निर्माण पक्षले फिल्मको एक दन्वद् दृश्यका लागि ६ करोड खर्चन लागेको बताएका थिए। सो दृश्य अन्तर्राष्ट्रिय स्टनम्यानहरू सहभागितामा खिचिने छ।

फिल्म मूल भाषा तेलेगुसँगै तमिल, मल्यालम, कन्नड र हिन्दी गरी पाँच भाषामा एकसाथ रिलिज हुनेछ।

यस अघि रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘वैकुण्ठपुरामलो’ले वक्सअफिसमा २ सय करोड भारू कमाइ गरेको थियो।