अभिनेत्री माहिरालाई पनि कोरोना संक्रमण

पाकिस्तानी अभिनेत्री माहिरा खान कोरोना संक्रमित भएकी छन् । उनले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा बस्दै आएकी छन्।

उनले इस्टाग्राममा लेखेकी छिन्,‘कोरोना परिक्षण गर्दा मलाई कोरोना पोजेटिभ देएिको छ। अहिले म आइसोलेसनमा छु। मसँग सम्पर्कमा आएका सबै ब्यक्तिहरु पनि कोरोना टेष्ट गराउनुहोला ।’ उनले सबैलाई कोरोना संक्रमणबाट जोगिन पनि अनुरोध गरेकी छन्।
माहिरा खान पाकिस्तानकी चर्चित अभिनेत्री हुन् । त्यस्तै बलिउड अभिनेता शाहरुख खानसँग पनि अभिनय गरेकी छन्। उनले शाहरुखसँग फिल्म रईसबाट बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् ।