कोरियाली वरिष्ठ फिल्म निर्देशक दुकको कोभिड–१९ का कारण निधन

दक्षिण कोरियाका वरिष्ठ फिल्म निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ ।

उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना रहेको थियो ।

उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिएका छन् ।

एशियाका उत्कृष्ट फिल्म निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जित्नुभएको थियो । उनले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितन सफल भएका थिए । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका हुन । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता फिल्मका निर्देशक दुकको अन्तिम फिल्म ‘डिजल्भ’ हो ।

दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो ।