अभिनेता बरुणका आइसोलेसनबाट फरक फरकका ३ तस्विर

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका बलिउड अभिनेता वरुण धवनले केहि तस्विरहरु सार्वजनिक गरेका छन्। उनले आइसोलेशनमा बसिरहेको तस्विर सोमबार आफ्नो प्रशंसक तथा नजिकका मित्रहरुलाई देखाएका छन्। जसमा उनलाई बुढ्यौलीपनले छोएको देखिन्छ।

बरुणले इन्स्टाग्राम अकाउन्टमार्फत तीनवटा तस्बिर सेयर गरेका छन्। उनले तीन वटा तस्विरमा आफुलाई तीन पुस्ताको गेटअपमा देखाएका छन्। युवावस्था, हालको अवस्था र बुढ्यौली हुँदाको अवस्थामा आफुलाई तस्विरमा देखाएका हुन्।

वरुण धवनले इन्स्टामा सेयर गरेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘जीवन आइसोलेशनमा छ । मलाई ढल्केको उमेरमा हेर्न चाहनुहुन्छ भने दायाँपट्टी स्वाइप गर्नुहोस् । ’ उनको कमेन्ट कर्ताले स्वास्थ्यलाभको कामना गर्दै फन्नी भन्दै लेखेका छन्। बरुण फिल्म ‘जुग जुग जियो’ को सुटिङका बेला चन्डीगढमा कोरोना संक्रमित भएका थिए।

https://www.instagram.com/varundvn/?utm_source=ig_embed