नेपाल स्टारमा अन्जु पन्तको बुलाकीको चर्चा,खानै नजान्दा हाँसोको पात्र

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल स्टारमा प्रतियोगीहरु विजेताको नजिक पुगिसकेका छन्। हालै टप टेनमा पुगेका प्रतियोगीहरुलाई थप हौशला दिनका लागि लोक गायक बद्री पंगेनीलाई निम्त्याइएको थियो।

दोहोरी खेल्नमा माहिर गायक पंगेनीलाई जज अन्जु पन्तलाई स्टेज चढ्दै गर्दा ‘आको मत चिटिक्कै परेर, अन्जु पन्त एक्लै छिन भनेर’बोलको गीत गाउँदै स्टेजलाई तताए। उनले गाएको निकै पुरानो गीत ससुरालीमाको भाकामै उनले गाएको दोहोरीमा अन्जु पनि कमको देखिइनन्। उनले पनि दोहोरी मै ‘लिएर हिड्छौ ,साथी र संगिनी, यस्तै भनि जिस्याउँछौ पंगेनी भन्दै स्टेजलाई रमाइलो बनाईन।

निकै रमाइलो माहोलमा चलेको दोहोरीमा गायक बद्रीले अन्जुले लगाएको पहिरनको कुरा निकाले। तामाङ पहिरनमा जजको कुर्सीमा बसेकी अन्जुलाई तामाङ ड्रेसमा बद्रीले देखेपछि सोधे ,‘गीत पनि राम्रो गाउँनु भयो, उहाँले लगाउनु भएको ड्रेस पनि राम्रो छ।

सायद मलाई लाग्छ,यो तामाङ ड्रेस हुनुपर्छ। सबै भन्दा राम्रो त यो बुलाकी छ के ।’ अन्जुले पनि हो मा हो थपिन् र भन्न थालिन्,‘हाम्रा पुर्वज आमा, हजुरआमा यो बुलाकी लाएर खान्थे कसरी होला?’ उनको यो प्रश्नको जवाफ नसकिदै उनलाई आयोजक टिमले चिया ल्याएर दिन्छन् । उनले चिया पिउँदा बुलाकी उठाएर पिएको दृश्यले धेरैलाई मज्जाले हँसायो।