फिल्म हल खुल्ने कुराले हर्षित केकी, पुरानै लयमा फर्काउन सबैमाझ आग्रह

गत वर्षको चैत पहिलो साता सरकारले देशभर लकडाउन घोषणा गरेपछि बन्द भएका फिल्म हल भोलिबाट खुल्ने चलचित्र संघले घोषणा गरेको छ। तर, सरकारले हल खोल्ने अनुमति दिएको छैन। सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै हल व्यवसायीहरुले भोली शुक्रवारबाट हल खोल्ने निर्णय गरिसकेका छन।

१० महिनापछि खुल्न लागेको फिल्म हलमा प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुँदैछन्। यहि विषयलाई लिएर अभिनेत्री अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत हल खोल्ने कुरामा आफू निकै भावुक र पुकलित भएको बताएकी छन् ।

उनले लामो स्टाटस लेख्दै भनेकी छन्,‘ त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डूबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु। चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ।’

उनले आफ्नो लागि चलचित्र भवन कार्यलय,विद्यालय समेत रहेको बताएकी छन्। यिनैबाट आफुले ज्ञानसिप सिकेको उल्लेख गरेकी छन्।
उनले अगाडी लेखेकी छन्,‘चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो। मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल थलो धेरै समय देखि बन्द थियो। यो शुक्रबार पौष १० गते देखि चलचित्र भवनहरु खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु।’
त्यस्तै, केकीले भोली प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा र सेन्टिभाईरस’ हेरिदिन पनि आग्रह गरेकी छन्। केकी अहिले दुई फिल्म निर्माणमा जुटेकी छन्। फिल्म ‘बोक्सीको घर र कहानी तिम्रो मेरो’ को तयारीमा जुटेकी केकी फिल्म‘परदेशी २’ को छायांकनमा व्यस्त रहेकी छिन् ।

https://www.facebook.com/keki.adhikari.319/posts/10159126766792728