विश्व कीर्तिमानी राज्यमन्त्री रामवीर, यस्तो रेकर्ड राख्ने विश्वकै पहिलो मन्त्री

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनले ४ घन्टाभन्दा बढी समय स्टेजमा गीत गाएका थिए ।

बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो । कन्सर्टमा  मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । उनले ५९ वटा गीत गएका थिए ।

मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्वरेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएको बताएका छन्  ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका छन् । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए ।