ज्योति माविको ५४ औं वार्षिकोत्सवमा मूर्तिकला कार्यशाला

हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति मा.वि मा आठ दिने मूर्तिकला कार्यशाला हुने भएको छ। भोली देखि हुने मुर्तिकलामा दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो।

मुर्तिकला कार्यशाला संयोजक लक्ष्मण भुजेल ‘कलाका लागि कला नै’ भन्ने नाराका साथ आठ दिनसम्म चल्ने कार्यशाला गर्न लागिएको बताए । उक्त कार्यशालामा विभिन्न जिल्लाबाट आएका कलाकारहरुले मुर्ति निर्माण गर्नेछन्। कार्यशालामा गंगाधर शारु,राजु पिठाकोटे, कबिर देवान राई ,राजन काफ्ले, रामचन्द्र पण्डित, ओमभत्त भण्डारी, बाबुलाल वाईबा, मान बहादुर वल, लक्ष्मण भुजेल स्थानीय र जिल्लावासी मुर्तिकार कलाकारहरुको सहभागिता रहने छ ।

श्री ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा मूर्तिकला कार्यशाला गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताए । विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषय अन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि कार्यशाला गर्न लागिएको अध्यक्ष रम्तेलले जनाएको छ ।