पछिल्लो समयमा युटुवमा रिलिज भएका यि हुन् ४ फिल्म ( फिल्म सहित)

यहि पुष महिनामा मात्र ४ वटा नेपाली फिल्म युटुवमा रिलिज गरिएको छ। हलमा रिलिज भइसकेका फिल्मलाई धमाधम युट्युवमा रिलिज गर्न थालिएको छ। यसै साता रिलिजमा आएका ४ ओटा फिल्म यस प्रकारका छन्।

विराज र निकिताको ‘साङ्लो’

अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ युट्युवमार्फत सार्वजनिक भएको छ। गत वर्ष माघमा प्रर्दशन भएको फिल्म युट्यबमा सार्वजनिक भएको हो । हलमा फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो ।

फिल्ममा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चाण्डकले डेब्यू गरेकी हुन् । एक किड्नी तस्करीको कथामा निर्माण भएकोे फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् ।

दीपक र दीपाको ‘छक्का पन्जा ३’

दीपक राज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अघि दशैंको अवसरमा हलमा प्रदर्शन भएको थियो।

फिल्मले युट्युवमा पनि राम्रै दर्शक पाएको छ। युट्युब ट्रेन्डिङ्ग समेत परेको फिल्ममा नेपालको सामुदायिक विद्यालयमा हुने शैक्षिक बेथितिलाई प्रस्तुत गरिएको छ। ह्लमा पनि यो फिल्मले बक्सअफिसमा आक्रमक व्यापार गरेको थियो ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्।

पल र बर्षा अभिनित ‘वीर विक्रम २’ युट्युबमा रिलिज

फिल्म ‘विर विक्रम २’ युट्युबमा रिलिज भएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्मले बक्सअफिसमा असफल सावित भएको थियो ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्ममा अभिनेता पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ। फिल्मको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने, रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकी छन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

युट्युवमा विपिन र बर्षाको ‘जात्रै जात्रा’

फिल्म ‘जात्रै जात्रा’ युट्युबमा आएको छ । सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक पाएको फिल्मले पनि युट्युवमा पनि राम्रो दर्शक पाइरहेको छ ।
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता तथा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् ।

समीक्षक हिसावले राम्रो मानिएको फिल्ममा विपिन कार्की , दयाहाङ राई, रविन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन, मित्र डि.गुरुङले सम्पादन रहेको फिल्म षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।