जोखिम कसले मोल्ने ? निर्माता वा प्रदर्शक


नेपाली फिल्म हल शुक्रबारदेखि खुलेका हुन् । शुक्रबारदेखि खुलेका हल एक साता हुदासम्म अब के फिल्म चलाउने, दर्शक कसरी तान्ने भनेर योजना भएको छैन भनेर भनौ । प्रदर्शकले जसोतसो हल खुलाए र फिल्म चलाए । फिल्म पुरानै । दर्शक त उही हो । कोही आएका छैनन् । खाली हल चलिरहेका छन् । प्रदर्शक सन्तोष मानिरहेका छन्, हल त खुल्यो है भनेर ।

हल खुलेपनि दर्शक नआएपछि अर्थ के होला भनेर भनौ । छैन हो अर्थ । फिल्म चलाउनका लागि खै पहल भएको पनि पाइएन ।

केही महिना चलाउँछौ यत्तीकै भनेर भनेका छन् । तर, हलमा सुनसान बनाएर चलाएर खोल्नुको फाइदा के हो । हल नखुलेपनि सरकारले छायांकनको अनुमती दिएको भए फिल्म छायांकन हुन्थे । हल खुलेर होइन सरकारले छायांकनको अनुमती दिएर हो फिल्म छायांकन हुन थालेका । जाडोमा अझै कम हुने हुन् । गर्मी लागेपछि हुन्छन् छायांकन ।

हल खुलेपनि जोखिम मोल्न कोही तयार भएनन् । निर्माताले नयाँ फिल्म चलाएर जोखिम कसरी मोल्ने खै खै । दर्शक आउने किन ? कोरोना महामारी सकिएको होइन । नयाँ फिल्म रिलिज गर्दा चुर्लुम्ब डुब्ने खतरा । नयाँ फिल्म अझै आउन्न केही महिना ।

नयाँ फिल्म चलाउन प्रदर्शकले पहल नगर्ने । निर्मातालाई सुरक्षित बनाउने बाटो नबनाउने हो कि के हो ? मल्टिप्लेक्स र सिंगल हलले दर्शक क्षमता अनुसार एमजी दिएर फिल्म चलाउँदा के हुन्छ । २ करोडमा बनेको फिल्मलाई हरेक हलले क्षमता अनुसार ५० हजार र एक लाखको एमजी दिएनी निर्माता जोसिन्छन् ।

सधै निर्माताले त जोखिम मोलेका हुन् अरुबेला । यो बेला हल खोलेर जोखिम मोलेका प्रदर्शकले नै जोखिम मोल्दा के हुन्छ ? १ लाख घाटा भैहाले पनि ठूलो होइन । भएन पनि सकिहाल्यो । विरालोको घाटीमा घन्टी बजाउन चै खोज्ने, तर कोही अघि नसर्ने । अनी कसरी चलायमान हुन्छ के फिल्म क्षेत्र ?