नयाँ फिल्म नचल्दा ,घाटा व्यहोर्दै हलवाला

नेपालमा फिल्म हल खुले पनि दर्शक आउन सकेका छैनन्। गत वर्ष नै हलम रिलिज भएको फिल्मलाई पुनः प्रदर्शन गर्दा हलमा दर्शक आउन नसकेको हल सञ्चालकहरुले गुनासो पोखेका छन्। नयाँ चलचित्र कसैले पनि प्रदर्शनका लागि नदिदा अहिले दर्शकको कमी आएको हल सञ्चालकहरु बताउँछन्।
सरकारले हल खोल्ने अनुमति नदिए पनि एक लौटी रुपमा हल खोलेका हल व्यवसायीहरले अहिले झन् घाटा व्यहोरी रहनु परेको गुनासो पोख्न थालेका छन्। वान सिनेमाजका हल सञ्चालक उमेशराज गिरी दर्शकले नयाँ फिल्म हेर्न खोजेको तर नयाँ हलमा प्रदर्शन गर्न कुनै निर्माताले फिल्म नदिएको गुनासो पोखे।

फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ अहिले पर्ख र हेरको स्थिति आएको कारण नयाँ फिल्म प्रदर्शन गर्न नसकिएको हो। निर्माताले जोखिम मोलेर नयाँ फिल्म नदिने भएकाले माघबाट नयाँ फिल्महरु चलाउने बताए। उनले माघ १ गतेबाट फिल्म हल नयाँ आउने भएकाले अहिले नआत्तिन हलवालाई आग्रह गरे। उनले भने,‘जोखिम मोलेर कसैले पनि फिल्म प्रदर्शन गर्न दिदैनन्। घाटा भएपछि निर्माताले नयाँ फिल्म निर्माण गर्न कठिनाई हुने भएकाले तत्काल नयाँ फिल्म हल रिलिज गर्न देउ भन्न सकिएन। तर, अर्का महिनाबाट फिल्म हलमा नयाँ फिल्म नै नै रिलिज हुन्छ। सबै हलवालाहरु ठुक्क रहनुहोस््। ’
फिल्म हलमा अहिले गत वर्ष फागुनमा नै चलेको फिल्म ‘आमा र सेन्टिभाइरस’ हलमा लगाएर बसेका छन्। दर्शक एक दुइ जनालाई फिल्म देखाउदै हल बन्द गर्दै आएका छन्। दैनिक लाखौ रुपैया घाटा व्यहोर्दै आएको हलवालाई झन् घाटाको बजार भएको छ।
ह्लवाला भन्छन्,‘ दुइ जना दर्शक राखेर हल कसरी नाफामा जाला र ? हिजो भन्दा आज झन् धेरै घाटा भएको छ। निर्माताहरुले नयाँ फिल्म दिए दर्शक आउने थिए। पुरानो फिल्ममा खै दर्शक । दर्शकहरु आए पनि नयाँ फिल्म कहिले चल्छ भन्दै हल बाहिरबाट नै जाने गरेका छन्।’