रिक्सा चालक बने हरिवंश आचार्य (भिडियो सहित)

हास्यकलाकार हरिबंश आचार्य सडकमा रिक्सा चलाउन थालेका छन्। आज सार्वजनिक भएको एक भिडियोमा उनी रिस्सा चालकका रुपमा देखिएका छन्। जहाँ उनी सामान ओसार प्रसार गरेको देखिन्छ। उनले साँच्चिकै रिक्सामा सामान ओसार प्रसार गरेका भने होइन।

उनले आफैले गायन तथा ,लेखनको गीतको म्युजिक भिडियोमा उनलाई एक मजदुरको भेषमा देख्न सकिन्छ। हरिवंशले बुधबार दिउँसो ’एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरेका छन्। उक्त गीतको भिडियोमा एक ठेलागाडा मजदुरको भुमिकामा देखिका हुन्। उक्त गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।

अभिनय ,लेखन , गीतकार ,संगीतकार अनेक क्षेत्रमा अब्बल मानिएका हरिवंश आचार्यले नयाँ गीत बजारमा लिएर आएका छन्। हरिवंशले बुधबार दिउँसो ’एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।
सत्यदीप केसीले खिचेको भिडियोलाई सागर राज शर्माले निर्देशन गरेका छन्। गीतको संगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरेका छन् भिडियो महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो। हरिवंशको ‘साझा बसमा जो पनि चढ्दछ’, ’सारंगी रेटौंला’, ’हाम्री आमा सार्ह्रै नै बाठी छिन्’ लगायत गीत चर्चित छन्।