‘एउटा यस्तो प्रेम कहानी’का कलाकार र निर्मातामा को अव्यवसायिक ?


मंगलबार राजधानीमा एउटा यस्तो प्रेम कहानी नामको फिल्मको पत्रकार सम्मेलन भयो । पत्रकार सम्मेलन किन गरियो भनेर निर्माता नै अनविज्ञ थिए होलान् । तर, खर्च गरे निर्माताले । ठूलो र महंगो हलमा उनले २ सय मानिस बोलाए र कार्यक्रम गरे । संचारकर्मी, फिल्म क्षेत्रका हस्ती हुन् कार्यक्रममा । आफन्त, अन्य व्यवसायिक क्षेत्रमा मानिस पनि । तर, कार्यक्रम बेहुलाविनाको बिहे जस्तो भयो ।

कार्यक्रममा फिल्मका कलाकार आएनन् । सुष्मा कार्की थिइन् । आइटम गीत गरेकी छिन् उनले फिल्ममा । उनी आइन् । प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, कविता मानन्धर छन् फिल्ममा । कलाकारको लर्को छ फिल्ममा । कोही आएनन् । फिल्मको पोष्टर, गीत पनि कसैले फेसबुकमा शेयर गर्या हैन । किन यस्तो भयो खै ।

१० महिनादेखि ठप्प फिल्म क्षेत्र खुलाउनपर्छ भनेर लागेका छन् मानिसहरु केही । यसमा कलाकारको साथ चाहिन्न । कलाकारको नजर पैसामा मात्र हो ।

फिल्म खेलेका कलाकारको पारिश्रमिक पूर्ण आएको छैन भनेर सुनिएको हो भनौ । पारिश्रमिक नपाएरै होला कलाकार आएनन् । फिल्मको काम पनि पुरै सकिएको होइन रे । निर्माता यसमा अव्यवसायिक भए । अरु बेलामा भएको भए कुरा अर्कै । यो बेलामा सबैजनाको जोडबल चाहिएको हो । तर, कोही पनि कलाकार देखिएनन् । उनीहरुले फिल्मबाट पुरा पारिश्रमिक नपाएको, फिल्म नसकिएको कारण देखाउलान् । सही पनि हो । निर्माता यसमा व्यवसायिक हुनपर्ने हो । तर, कोभिडको बेलामा जोखिम मोलेर फिल्म क्षेत्रमा श्वास भर्छु भनेर लागेका छन् शिव श्रेष्ठ । यसमा हस्तेमा है गर्दा के फरक पर्छ ।

कलाकार अव्यवसायिक कि निर्माता ? जे जे भएपनि यो बेलामा सबैको बल चाहिन्छ । तर, फिल्म क्षेत्र खुला हुँदा कलाकारमा खुशी देखिएको छैन । खै के हो के ?