गायक प्रमोदलाई गालीगलौज गर्नेमाथी कारबाहीको माग राख्दै प्रहरीमा उजुरी

एक म्युकिज कम्पनी सञ्चालकले गायक प्रमोद खरेललाई गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै गायक तथा संगीतकर्मीहरु प्रहरीसमक्ष पुगेका छन्। उनीहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन भन्दै महानगरिय प्रही परिसर पुगेका हुन्।

केहि महिना देखि प्रमोद खरेलले आफ्नो गीत प्रयोग गरेको भन्दै विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले विभिन्न आफ्ना भनाईहरु सामाजिक सञ्जालमा राख्दै आएका थिए। दोषिलाई कार्वाहीको माग राख्दै ५७ जना संगीतकर्मीहरुको हस्ताक्षरसहित गायक तथा संगीतकारहरु आज टेकु प्रहरी कार्यलय पुगेका हुन्।

पत्रमा लेखिएको छ, ‘हाल श्रष्टा, प्रस्तोताहरुले आफूले विगतमा सृजना गरेका, आफैंद्वारा लगानी गरिएका तथा आफैंमा प्रतिलिपि अधिकार रहेका जति सिर्जनाहरुलाई आफैंमा फिर्ता लिने अभियान चलाएका छन्। यसमा म्युजिक कम्पनीको साथ रहेन।’ पत्रको हस्ताक्षर गर्नेहरुमा संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, सत्यराज आचर्य, स्वरुपराज आचर्य, इन्दिरा जोशी, संगीतकार तथा गायक चेतन सापकोटा, कालीप्रसाद बास्कोटालगायत छन्। प्रहरीले के आश्वासन दिएको छ,त्यो बाहिर आएको छैन।