सोनु सुदले भने, ‘बीएमसीको आरोपलाई गलत’

लकडाउनको समयमा प्रवासी मजदुरहरुलाई घरसम्म पुर्याएर चर्चामा आएका बलिउड कलाकार सोनु सुदलाई बीएमसीले नोटिस पठाएपछि समस्यामा परेका छन् ।

उनले हालै अनुमति विना नै ६ तलाको विल्डिङमा होटल निर्माण गरेपछि बीएमसीले नोटिस पठाएको हो। बीएमसीको नोटिसलाई सोनुले वेवास्ता गर्दै गैरकानुनी रुपमा होटल बनाइरहेको आरोप लागेको भारतिय मिडियाले बताएको छ ।सोनुले एबी नायर रोडमा रहेको शक्ति सागर विल्डिङमा सोनुले अनुमती विना नै होटल बनाएको आरोप लगाएको छ ।

यो विल्डिङलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने बीएमसीको बताउँदै आएको छ।सोनुलाई बीएमसीले नोटिस पठाएपछि पनि उनले काम नरोकेकोर सोनु मुम्बइको अदालतमा पनि पुगेको बताइएको छ। अदालत पुगेका सोनुलेले, बीएमसीले पठाएको नोटिसका विरुद्ध अन्तरिम आदेशको माग गरेको भारतिय मिडियाले बताएका छन्।

उनलाई मुम्बइको अदालतले उच्च अदालतमा निवेदन दिनका लागि ३ हप्ताको समय दिएको भएपनि सोनुले अझै अवैध निर्माण नहटाएको समाचारमा उल्लेख गरिएको छ। बीएमसीको पत्र प्राप्त गरेपछि प्रहरीले यस बिषयमा छानविन गर्ने तयारी गरेको भारतीय मिडियाले बताएका छन् भने सोनुले भने बीएमसीको आरोपलाई गलत रहेको छ।